मिति २०७९/१०/१३ गते शुक्रबारको दिन यस कमला नगरपालिकामा उप-सचिव ओम प्रकाश महताे प्रमुख प्रशासकीय अधिकृतको जिमेवारीमा हाजिरी हुनुभएको छ । उहाँको स्वागतमा नगर प्रमुख, नगर उप-प्रमुख, वडा अध्यक्ष, नगरपालिकाका शाखा प्रमुखहरु, कर्मचारीहरु तथा समाजसेवीहरुको बिचमा हजारी तथा स्वागत कार्यक्रम हर्षोल्लासको साथ फुलमाला, अबिर र गम्छाले भयो । महिनौं देखि राेकिएका कर्मचारी, शिक्षकहरूको तलब भत्ता, जनप्रतिनिधिहरुको सेवा सुबिधा, सामाजिक सुरक्षा भत्ता, बालबालिका पोषण भत्ता तथा नगरपालिकाको विकासका कामकाजहरु पुर्ण रुपमा सुचारु हुने भएको छ ।